काठमाण्डौ,२८ असोज । प्रमुख बिपक्षी दलको आलोचनालाई वेवास्था गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन । प्रधानमन्त्री देउवाले सनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका रुपमा सरकारमा सहभागी गराएका हुन । उपप्रधानमन्त्री थापा र तीन मन्त्रीलाई सांझ राष्ट्रपति विद्या देवी भण्डारीले शितल निवासमा सपथ ग्रहण गराइन ।
उपप्रधान सहित चार जनालाई मन्त्रीपरिषद्मा सहभागी गराईएपनि मन्त्रालय भने कसैलाई पनि तोकिएको छैन । राप्रपाले सरकारमा सहभागी हुन अन्य चार जना राज्यमन्त्री पनि पठाएको छ ।यससँगै देउवा सरकार ६४ सदस्यीय भएको छ ।