८८ किलो सुनकाण्डका मुख्य नाइके तामाङ राजधानीबाट पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३० असोज । गत भदौं अवैध रुपमा राजधानीमा भित्र्याएको ८८ केजी सुन तस्करीको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ। नेपाल–केरुङ व्यापार संघका अध्यक्ष समेत रहेका तामाङलाई आज स्वयम्भुबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताए। ८८ किलो सुनको नेपालतर्फ क्लियर बनाउने जिम्मा पनि तामाङकै भएको अनुसन्धानबाट खुलेपछि प्रहरीले पक्राउ गरेको हो। तामाङ आगामी प्रनिनिधि सभाको लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका व्यक्ति हुन्। पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले अनुसन्धानअघि बढाएको छ।

गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीमा बा१७च ६४२७ नंको टाटा सफारी गाडीमा ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । यसअघि सोही सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडु, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी ओटुका उल्लास दिनकर सालुखे र पशुपति सिनचाँदी खार्नी पसल ओटुका नन्दकुमार मगरलाई पक्राउ गरिसकेको छ ।