माओबादीका मन्त्रिहरुको जिम्मेवारी खोसियो, राप्रपाका मन्त्रिहरुलाई दिईयो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ३१ असोज। बाम तालमेल गरे पछि रुष्ट बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गरी नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बनेकाहरुलाई विनाविभागीय बनाईएका छन । तर राप्रपा बाट मन्त्रि बनेकाहरुलाई भने नयाँ जिम्मेवारी दिईएकाे छ ।

प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ । बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री थिए ।त्यस्तै राज्यमन्त्रीमा कुन्ती कुमारी शाही शहरी विकास, भास्कर भद्रा उर्जा, सुशिलकुमार श्रेष्ठ आपूर्ति र कान्ता भट्टराइलार्ई महिला, बालबालिका तथा समाज कल्याणको जिम्मेवारी दिनुभएको छ ।प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी आफैँले लिएका छन ।