काठमाण्डौ,१ कात्तिक । सरकार अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन ल्याउन तयार भएपछि डा. गोविन्द केसीले आज अनशन तोडेका छन । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्नका लागि आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट सिफारिस गर्ने सरकारी पक्षसंगको सहमतिपछि डा. केसीको अनसन तोडेका हुन । सरकार र केसी पक्षबीच १० बुँदे सहमति भएको बताईएको छ ।
मध्यम र निम्न मध्यम वर्गका सबै नेपालीहरुका लागि सम्पूर्ण स्वास्थ्य उपचार र सम्पूर्ण विद्यार्थीहरुका लाग शिक्षा गुणस्तरीय, निशुल्क वा सस्तो र सर्वसुलभ गर्ने सम्बन्धमा कतिपय विषयबस्तु राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा समाविष्ट गरिएको हुँदा यस सम्बन्धी थप विषयबस्तु नियमावली तथा निर्दे्शिकामा समेत समावेश गर्ने सहमति पनि भएको छ ।सहमतिपत्रमा आईओएमको शुल्क घटाउने, काठमाडौं विश्वविद्यालयमा भएको मेडिकल शिक्षासम्बन्धी अनियमितताको अध्ययन गरी दोषीलाई कारवाही गर्ने लगायतका बुँदा रहेका छन् ।