मंगलबार सम्म बागी उम्मेदवारी दिएकाहरुले फिर्ता नगरे कारबाही गर्ने बाम गठबन्धनको चेतावनी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ६ कात्तिक । पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनले आग्रह गरेको छ । बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार उम्मेदवारी दर्ता गराउने क्रममा केही जिल्लामा बागी उम्मेदवारी दर्ता गराएका छन् । जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङलगायतका जिल्लामा बागी उम्मेदवारी दिएका छन् ।दुवै पार्टीले मंगलबारसम्म आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्ताले फिर्ता लिने विश्वाससमेत लिएका छन् ।