काठमाण्डौ,१४ कात्तिक । दस वर्ष लामो द्वन्द्वमा ज्यान गुमाएका नेपाली सेनाका परिवारले पनि १० लाख राहत पाउने भएका छन् । सरकारले द्वन्द्वमा परेर ज्यान गुमाएकाको परिवारलाई १० १० लाख दिने निर्णय २०६४ सालमै गरेको भए पनि सेनाका जवान तथा अधिकृतले त्यस्तो रकम पूर्ण रूपमा पाएका थिएनन् । माओवादी पक्षबाट लड्नेका परिवारले पहिले नै सहिद वा अन्य विभिन्न नाममा १० लाख पाइसकेका भए पनि सेनाका परिवारले राज्यकोषबाट ७ लाख ५० हजार मात्र पाएका थिए । संविधान जारी भएर स्थानीय निर्वाचन सम्पन्न गरी संघ र प्रदेशसभाको निर्वाचन प्रक्रियासमेत अघि बढिसकेपछि बल्ल सरकारले सेनाका परिवारलाई समान क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको हो । आजको कान्तिपुर दैनिकमा खवर छ ।