काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले चुनावी तालमेल टुंगो लगाउने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं १५ कात्तिक ।  सत्ता नेतृत्वकर्ता दल कंग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चुनावी तालमेल आज टुंगो लगाउने भएको छ । कंग्रेसले मधेश केन्द्रित दलसँग सिट बाडफाँडको टुंगो लगाउन लागेको हो ।  सिट संख्यामा बिषयमा पटक पटक छलफल हुदै आए पनि कुरा नमिल्दा सहमति जुट्न सकि रहेको छैन  ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने संसदीय समितिको बैठकले पहाडि क्षेत्रका उम्मेदवारको टुंगो लगाए पछि तराई–मधेश र काठमाण्डौंका उम्मेदवार टुंगो लगाउने कंग्रेसको निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बताए । प्रदेश नम्बर २ अन्तर्गतको ३२ निर्वाचन क्षेत्र बाँडफाँटमा कंग्रेस र राजपा, संघीय समाजवादी फोरमबीच समस्या देखिएको छ । आज हुने छलफलमा सहमति नजुटे शीर्ष नेताको ठाउँमा मात्रै तालमेल गरी अन्य क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने दुई पक्षको समझदारी रहेको नेता खाँणले बताए ।