सिन्धुलीमा गएराती भएको जिप दुर्घटना ४ जनाको मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

सिन्धुली,२० कार्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा गएराति बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।बा ७ च ३६९५ नम्बरको बोलेरो जीप दुर्घटना हुदा मृत्यु हुने चारै जना पिक्कल ४ का बासिन्दा हुन।उनीहरु भूकम्पको किस्ता रकम बुझेर घर फर्कदै गरेका थिए ।

प्रहरी उपरीक्षक टिकाबहादुर केसीका अनुसार दुर्घटनामा ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको राजधानीस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार सामान्य घाइते ६ जनाको गोलन्जोर गाउपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले दिएको बयान अनुसार उकालोमा मोड नपुगेर व्याक गर्दा ब्रेकफेल भई जिप सडकबाट तल खसेको थियो ।