बेमौसममा भैँसी प्रजनन गराउने प्रविधि सफल

arjun Latest Update , News/समाचार , ८ वर्ष अगाडि

चितवन, २१ कात्तिक । चैतदेखि असारसम्मको समयमा भैँसीबाली नजाँदा हिउँदको समयमा दूध अभाव हुने समस्या निराकरणका लागि नेपाली विज्ञहरुले थालेको अनुसन्धान सार्थक बन्दै गएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका प्राध्यापक डा भूमिनन्द देवकोटाकाअनुसार उहाँहरुको समूहले विगत १० वर्षदेखि यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

पछिल्लो पटक चितवनको रामपुर र कास्कीको पोखरामा रहेका भँैसीमा गरिएको परीक्षणबाट बेसिजनमा ब्याउने गरेको देवकोटाले बताउनुभयो । चालु आर्थिक वर्षमा रामपुरमा नौवटा भैँंसीमध्ये पाँचवटा र पोखरामा पाँचवटा भैंँसीमध्ये दुईवटा चैतदेखि असारसम्म ब्याउने भएका छन् । ती भैँंसी हिउँदको समयमा ब्याउने गर्छन् ।

पोखराका भैँंसीमा नकारात्मक परजीवी उन्मूलन नगरी छाडेकाले कम भैंँसीबाली गएको उहाँले बताउनुभयो । नेपालमा हिउँदको समयमा दूधको अभाव हुने र वर्षाद्को समयमा दूध बिक्री नहुने समस्या रहँदै आएको छ । साउनदेखि मंसिरसम्म अधिकांश भैँसी ब्याउँदा एउटा मौसममा धेरै दूध हुने र अर्काे मौसममा दूधको अभाव हुने गर्दछ ।

गर्मीको समयमा गाई कम ब्याउने हुने भएकाले यसको प्रभाव दूधमा देखिएको विज्ञ बताउँछन् । डा देवकोटाकाअनुसार पोषण र तनावयुक्त वातावरणका कारण सो मौसममा भैंँसी ब्याउने गरेको पत्ता लागेको छ । निराकरणका लागि तनाव कम गर्ने र विशेष किसिमको हर्माेन प्रविधि प्रयोग गरेर भैँंसीलाई ब्याउन गराइएको उनले बताए ।रासस