वाम गठबन्धको घोषणापत्रले विकासको लहर ल्याएको छ – अध्यक्ष ओली

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २१ कात्तिक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र चुनावी मात्र नभएर देशको विकास गर्ने स्पष्ट खाका रहेको बताएका छन । वाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं ५ मा चुनावी प्रचारमा आयोजना गरेको कार्यक्रम आज अध्यक्ष ओलीले घोषणापत्रमा लोकतन्त्रको सुदृढीकरण, विकास र समग्र देशको समृद्धिको खाका तयार गरिएको बताए ।

अध्यक्ष ओलीले वाम घोषणापत्रमा देशमा विकासको लहर, शान्ति र स्थायित्व दिने खालको रहेको र दुईदेखि पाँच वर्षमा नेपालमा कोही पनि भोकै हुनु नपर्ने योजना रहेको उल्लेख गरे ।

एमाले महासचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले आधा शताब्दी नेपाली राजनीतिमा लागेको र सोही क्षेत्रको विकासमा जीवन बिताएकाले निर्वाचन जित्ने दाबी गरे। उहाँले एमाले र माओबादीबीच छिट्टै नै पार्टी एकीकरण हुने र सोहीअनुसार नै ठूलो उद्देश्य लिएर निर्वाचनमा होमिएको बताए ।  (रासस)