काठमाडौँ, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधनले आफूलाई दुःखी तुल्याएको बताएकी छिन ।
राष्ट्रपति भण्डारीले आज एक शोक वक्तव्य दिँदै देशभक्त नेताको छवि बनाउनु भएका उनले जीवन पर्यन्त निर्भिकताका साथ राष्ट्र र सार्वभौमिकता रक्षाका लागि निर्वाह गरेकाे भूमिका सदा स्मरणीय रहिरहने उल्लेख गरेकि छिन ।
राष्ट्रपति भण्डारीले वक्तव्यमा भनेकी छिन, “स्वर्गीय विष्ट आफ्नो सम्पूर्ण जीवन नै राष्ट्रप्रति समर्पण गरी एउटा राष्ट्रवादी नेताको रुपमा परिचित थिए ।” राष्ट्रपति भण्डारी आज ज्ञानेश्वरस्थित स्वर्गीय विष्टको निजी निवासमा गर्इ दिवंगत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई भावपूर्ण समवेदना प्रकट गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वप्रधानमन्त्री विष्टको शनिबार निधन भएको थियो ।

