लामो समयदेखि फरार कर फर्छ्यौट आयोगका अध्यक्ष र सदस्य बयानका लागि अदालत पुगे

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,२९ कात्तिक । तत्कालिन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल वयानका लागि विशेष अदालत हाजिर भएका छन् । लामो समयदेखि फरार रहेका उनीहरू आज अदालतमा उपस्थित भएका हुन् । बयानका लागि न आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैलाई ८ असारमा एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । मुद्दा दायर भएको लामो समयपछि महत र ढकाल वयानका लागि आज दिउँसो अदालत पुगेका हुन् । दुबैलाई न्यायीक हिरासतमा राखिएको छ । अदालतका अनुसार उनीहरूको वयान सुरु हुन्छ । वयानपछि नियमित साक्षी, प्रमाण र मुद्दा सुनुवाईको काम सुरु हुने अदालत स्रोतले बताएको छ । आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका तत्कालीन प्रमुख चुडामणि शर्मा भने वयानका लागि अझै उपस्थित भएका छैनन् । उनलाई अदालत उपस्थित गराउन गत सातामात्रै अख्तियारले उनको घरमा म्याद टाँसेको छ । तर, उनी अझै वयानका लागि आएका छैनन् । अख्तियारले तिनै पदाधिकारीविरुद्ध १० अर्ब रुपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।