सरकारले आजदेखि मतदाता, उम्मेदवार र मतदान केन्द्र केन्द्रित सुरक्षा रणनीति अवलम्वन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,५ मंसिर ।निर्वाचनको मुखमा बम विस्फोटका श्रृङ्खला बढेपछि गृहमन्त्रालय मातहतको केन्द्रीय सुरक्षा समितिले आजदेखि निर्वाचन केन्द्रित उच्च सुरक्षा सतर्कता अपनाएको छ।

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरवहादुर देउवाले सुरक्षा व्यवस्था चुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिए पछि ४ वटै सुरक्षा निकाय मतदाता, उम्मेदवार र मतदान केन्द्र केन्द्रित सुरक्षा सतर्कता वढाउनमा केन्द्रित भएको गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले जानकारी दिए । निर्वाचन विरोधी गतिविधीमा संलग्नको प्रहरीले खोजी कार्य तीव्र पारेको छ भने नेपाली सेना र सशस्त्रलाई समेत हाई अलर्टमा राखिएको छ। यसैबीच निर्वाचन गतिविधीमा संलग्न भएको आरोपमा पक्राउ परेका २ सय ५० भन्दा बढीलाई प्रहरीले फौजदारी अभियोग लगाउने भएको छ ।