काठमाडौं,५ मंसिर । माओवादी केन्द्रले आज देशभरका निर्वाचन क्षेत्रमा श्रद्धाञ्जली सभा गर्दैछ । पार्टीको केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको आइतबार निधन भएको शोकमा माओवादीले श्रद्धाञ्जली सभा गर्न लागेको हो ।
चुनावी आमसभा गर्ने पूर्वतयारी गरिए पनि दाहालको निधनका कारण श्रद्धाञ्जली सभाको रुपमा परिणत गरिएको एक नेताले बताएका छन।
उक्त सभामा सहभागि भए पनि माओवादी अध्यक्ष दाहालले सम्वोधन भने गर्ने छैनन् । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । भरतपुर बस टर्मिनलमा सभा हुने छ ।