डडेल्धुरा, २१ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छैटौं पटक आफ्नो जन्मथलो रुवाखोलाबाट मतदान गर्दै छन । विसं २०४८ यता भएका सबै निर्वाचनमा अशिग्राम माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै अाएका प्रधानमन्त्री देउवा यस पटकको निर्वाचनमा पनि सोही केन्द्रबाट मतदान गर्ने भएका छन ।
प्रधानमन्त्री देउवासँगै उनकी धर्मपत्नी तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभा उम्मेदवारी दिएकी डा आरजु देउवा राणाले पनि सोही मतदानस्थलबाट मतदान गर्ने प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताए ।

