काठमाण्डौ,२३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् । वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहेको सन्दर्भमा नेपाली काँग्रेस नेतृत्वको सरकारले जनअपेक्षा विपरीत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेर अलोकतान्त्रिक चरित्र देखाएको विद्यार्थी संगठनको भनाइ छ ।
अखिल(क्रान्तिकारी)का महासचिव उत्तम अधिकारी र अनेरास्ववियुका महासचिव ऐन महरले आज एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ । कामचलाउ सरकारले वामपन्थी गठबन्धनलाई सरकार गठनमा सहयोग पु¥याउनुपर्ने समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर लोकतान्त्रिक गठबन्धनको बचेखुचेको साख समेत अन्त्य गरेको उल्लेख गरिएको छ । नेपाल आयल निगमले अन्तर्रा्ष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै शुक्रबार खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र पेट्रोलमा प्रतिलिटर २ मूल्यवृद्धि गरेको थियो ।