माओवादी केन्द्रका अध्यक्ष दाहाल नौ हजार ३४१ मतान्तरले विजयी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

चितवन, २५ मंसिर । चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गर्नुभएको हो ।

दाहालले ४८ हजार २७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो । चितवन क्षेत्र नं ३ मा ९३ हजार ८१३ मत खसेको थियो भने तीन हजार ५२० मत बदर भएको थियो ।