काठमाण्डौ,२५ मंसिर । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले सभापति शेरबहादुर देउवाले निर्वाचनमा कांग्रेसले हारेको जिम्वेवारी लिनु पर्ने बताउनु भएको छ । आज (सोमबार) काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले चुनावमा कांग्रेसले बेहोरेको पराजयको नेतृत्व तहले जिम्मेवारी लिँदै सभापति देउवाले राजिनामा दिनु पर्ने बताउनु हो । निर्बाचनको अन्तिम नतिजा आए लगत्तै केन्द्रिय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति तोकेर चुनावमा बेहोरेको हारको समिक्षा गर्नुपर्ने पनि बताउनु भयो ।कांग्रेस हार्नुमा नेतृत्व्को ठूलो कमजोरी भएकोले पार्टी सभापति, पदाधिकारी, केन्द्रिय सदस्यहरु सबैले राजिनामा दिएर नेतृत्व हस्तान्तरणको प्रक्रियामा लैजानु पर्ने मन्त्रि प्रधानको तर्क छ।