देउवा सरकारद्धारा विभिन्न निकायमा नियुक्ति,नियुक्ति प्रति एमालेको विरोध

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२५ मंसिर । वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै सरकारले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने लगायतका निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिनुुभयो । उहाँले बैठकले केही विदेश भ्रमणहरुलाई अनुमोदनसमेत गरेको जानकारी दिनुभयो ।
साथै सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई र चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको बताईएको छ ।
यसैबीच, सरकारको आजको निणर्यको नेकपा एमालेले विरोध गरेको छ । एमाले महासचिव ईश्वार पोखरेलले आज विज्ञप्ति जारी गरी सरकारले आज गरेको नियुक्तिको विरोध गर्नुभएको हो । साथै उहाँले यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन सचेत गराउनुभएको छ ।