काठमाण्डौ,२६ मंसिर । प्रतिनिधिसभाको निर्वाचनमा मधेस केन्द्रित दलका सबै शीर्ष नेताहरू विजयी भएका छन् ।राजपाका ६ जना अध्यक्ष सहित संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विजयी हासिल गरेका छन् । यस अघि २०७० को निर्वाचनमा महेन्द्र यादवबाहेक प्रअन्य पाँच जना सबैले पराजय भोगेका थिए ।
फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट विजयी हुँदा राजपाका अध्यक्षमण्डलका महन्थ ठाकुरले महोत्तरी–३ बाट एमालेका विजयकुमार चौधरीलाई पराजित गर्दै विजयी भएका थिए।यस्तै सिरहा–४ मा माओवादीका अजयशंकर नायकलाई हराउँदै अध्यक्षमण्डलका राजकिशोर यादव विजयी भए भने धनुषा–३ बाट कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गर्दै राजेन्द्र महतोले विजयी हासिल गरे ।
यस्तै महोत्तरी–२ मा शरदसिंह भण्डारी र सर्लाही–२ बाट महेन्द्र यादव विजयी भए । प्रदेश २ का ३२ सिटमध्ये फोरम र राजपाले बुहमत सिटमा विजय हासिल गरेका छन् । वामपन्थी गठबन्धनको लहर चले पनि प्रदेश २ मा त्यसको असर मधेसकेन्द्रित दललाई परेन ।