सुनसरी २७ मंसिर । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनतर्फकी भगवती चौधरी र काँग्रेसका तर्फका विजय गच्छदारबीच कडा प्रतिस्पर्धा भएको छ । पछिल्लो मतगणना अनुसार गच्छदार ५ सय २५ मतले अगाडी रहनु भएको छ । गच्छदारले ३७ हजार ५ सय ७५ मत प्राप्त गर्दा चौधरीले ३७ हजार ५० मत प्राप्त गर्नुभएको छ ।अब ३ हजार ४ सय ४१ मत गन्न बाँकी छ ।
गच्छदार र चौधरीबीच यो तेस्रो पटकको प्रतिस्पर्धा हो । यसअघिका दुबै वटा निर्वाचनमा गच्छदारले चौधरीलाई पराजित गर्नुभएको थियो ।

