नवराज सिलवाललाई कारवाही गर्न सर्वोच्चको आदेश

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,२८ मंसिर । सर्वोच्च अदालतले तत्कालीन डीआइजी नवराज सिलवालले बढुवाका लागि सर्वोच्चमा पेस गरेको कागजात गलत रहेको ठहर गरेको छ । सर्वोच्चले गलत रहेको ठहर गर्दै कीर्तेमा संलग्न हुने व्यक्तिहरूलाई पनि अनुसन्धान गरी कारवाहीका लागि आदेश जारी गरेको छ । सरकारी कागज कीर्ते गरेको भन्दै सर्वोच्चमा परेको मुद्दामा सिलवालले सर्वोच्च अदालतमा बढुवाका लागि पेस गरेको फाइलमा अंक फरक पारिएको भन्दै पेस गर्ने विरुद्ध कारवाही गर्न सरकारका नाममा आदेश दिएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जना न्यायाधीशको पूर्ण इजलासले यस्तो आदेश दिएको हो । सिलवाललाई यसअघि नै कारवाहीको लागि तयारी भएपछि एमालेमा प्रवेश गर्नु भएको थियो । एमालेबाट टिकट पाउनु भएका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा निर्वाचनमा विजयी हुनु भएको छ ।गोप्य रुपमा राख्नुपर्ने कार्यसम्पादन मुल्यांकन फारम र निवेदकले पेश गरेको कार्य सम्पादन मुल्यांकन फारमको अंक फरक पार्ने कार्यमा क –कसको संलग्नता छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारवाहीका चलाउन भनिएको छ ।