मुलुकमा संवैधानिक जटिलता छैन: ओली

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक जटिलता नरहेको स्पष्ट पार्नु भएको छ । सरकारको नेतृत्व लिने तयारीमा रहनु भएका अध्यक्ष ओलीले नयाँ सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढ्ने पनि स्पष्ट पार्नु भयो । उहाँले समानुपातिकतर्फको निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्थाबारे पनि स्मरण गराउनु भयो । विहिबार आफूलाई बधाई दिन बालकोटस्थित निवास पुगेकाहरुसँग उहाँले सरकार गठन गर्ने प्रतिनिधिसभाको विजनेस भएकाले त्यसमा पनि द्धुविधा पाल्न नहुने दोहो¥याउनु भयो । अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया आफ्नै गतिमा अघि बढने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले सरकारका गतिविधि र अभिव्यक्तिले भने मुलुकमा भ्रम सृजना गर्न खोजिरहेको भन्दै पुनः आपत्ति जनाउनु भयो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई नहुने पनि स्पष्ट पार्नु भयो । उहाँले सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढने र माओवादी केन्द्रसँगको पार्टी एकतामा विलम्ब नहुने उल्लेख गर्नु भयो ।अध्यक्ष ओलीले सरकार गठन प्रक्रियामा काँग्रेसले भाँजो नहालेको र हाल्न खोज्ने अवस्था नरहेको पनि बताउनु भयो । उहाँले निर्वाचन सम्पन्न गराउन संचारमाध्यामले खेलेको भूमिकाको खुलेर प्रशंशा समेत गर्नु भयो ।