राष्ट्रपति भण्डारीद्धारा राजनीतिक परामर्श,समाजवादी फोरम र राजपासँग छलफल गर्दै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,९ पुस । राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश प्रमाणिकरणबारे दलहरुबीच मतभेद बढिरहेका बेला राष्ट्रपति बिद्या भण्डारीले आज संघीय समाजवादी फोरम र राजपाका नेताहरुसँग परामर्श गर्ने भएकी छन्। अहिले विहान ११ वजे फोरमका नेताहरुसंग राष्ट्रपतिको छलफल हुने राष्ट्रपति कार्यालयका प्रवक्ता माधव शर्माले जानकारी दिए।आजै राजपाका नेताहरुलाई पनि छलफलका लागि बोलाइएको छ।

राष्ट्रिय सभा एकल संक्रमणीय निर्वाचनबाट गर्ने कि बहुमतियबाट भन्ने विवादमा दलहरुबीच मत बाझिएपछि नयाँ सरकार गठनको प्रक्रिया रोकीएको छ।राष्ट्रपतिले दुईमहिना देखि उक्त अध्यादेश रोकेर राखेकी छन्। जसका कारण राष्ट्रिसभा गठन र सरकार गठनकाे बाटाे अबरूध हुन पुगेकाे छ ।

शुक्रबार यहि विषयलाई लिएर प्रधानमन्त्री देउवाले निर्वाचनबाट राष्ट्रिय दल बनेका पाँच पार्टीका शिर्षनेताको बैठक बोलाएका थिए। सबै दलले आफ्ना आफ्ना अडान दोहोर्‍याएपछी विना निष्कर्ष उक्त बैठक सकिएको थियो।फोरम र राजपाले राष्ट्रिसभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणालीबाटै हुनुपर्ने पर्नेमा जोड दिदै आएका छन।