दाङ,९ पुस । नेकपा माओवादीका नेता कृष्णबहादुर महराले सरकार र पार्टीको नेतृत्वमा एउटै व्यक्ति नहुने बताउनु भएको छ। आज बिहान दाङको घोराहीमा आयोजित एक कार्यक्रममा महराले सरकार र पार्टीको नेतृत्व फरकरफरक व्यक्तिले गर्ने बताउनु भएको हो।
साथै नेता महराले एमाले र माओवादीबीच सम्मानजनक पार्टी एकता हुनुपर्ने धारणा ब्यक्त गर्दै एकतापछि प्रधानमन्त्री र पार्टीको अध्यक्षता फरकरफरक व्यक्तिले स्पष्ट पार्नु भयो ।एकता पछि दुवैपार्टी एक अर्कामा विलय भएर नयाँ पार्टी निर्माण हुने उहाँको धारणा थियो।
आज बिहानै मतदातालाई धन्यवाद ज्ञापन गर्न भन्दै घोराहीको वडा नं १५का विभिन्न स्थानमा पुग्नु भएका महराले कुनै पनि हालतमा दाङ प्रदेश राजधानी हुने बताउनु भयो।महराले दाङ राजधानी हुने कुरामा कुनै शंका नगर्न मतदातालाई आश्वास्त पार्नु भयो । अहिले सम्म आफूले राजनीतिमा कहिलै हार व्यहोर्नु नपरेको उल्लेख गर्दै यसपटक पनि राजधानी बनाउने कुरामा आफू विजयी हुने महराको दाबी थियो ।

