काठमाण्डौ,११ पुस । ।राजधानीकाे मैतीदेवीमा आज बिहान बस बिजुलीको पोलमा ठोकिएर पल्टिँदा डेढ दर्जन यात्रु घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। बा२ख ८७३३ नम्बरको बस बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट बिजुलीको पोलसमेत ढलेको छ। दुर्घटनामा गम्भीर घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।