काठमाडौं । सेन्सर बोर्डले पास नगरेको चलचित्र ‘गाँजाबाजा’ अन्तत चलचित्र घरमा प्रदर्शन हुने भएको छ । यसै बर्ष फागुन महिनामा प्रदर्शन हुने यो चलचित्र अत्यन्त बिबादिद रहेको थियो । गत बर्षनै प्रदर्शन गर्ने भनिएको चलचित्र “गाँजाबाजा” को गाँजा शब्दले गर्दा चलचित्र बोर्डले सेन्सर पास दिएको थिएन ।निर्माण पक्षले फिल्म प्रदर्शनको मिती तोकिए लगत्तै यसै चलचित्रको ‘ह्पाप्पी ह्याप्पी मूड’ बोलको गीत आज युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा निख एण्ड जटाको सङ्गीत र जटावेदा बेनर्जीको स्वर रहेको छ । छायाङ्कन गरिएको करिब २ वर्ष बितिसकेको चलचित्र ‘गाँजाबाजा’ले आफ्नो प्रदर्शन मिति तय गर्दै पहिलो गीत रिलिज गरेको हो ।


“गाँजाबाजा” लाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् भने पाण्डेको नै चलचित्रमा लेखन रहेको छ । बाबा –चलचित्र निर्माण कम्पनीको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा विष्ट थापाले निर्माण गरेका हुन् ।
https://www.youtube.com/watch?v=3H0Ow861qLA

