के हामी रेड लाईट क्षेत्रमा काम गर्ने बर्ग हौ ?

कलाकार संघलार्इ शर्माको प्रश्न

arjun Entertainment/मनोरञ्जन , Latest Update , ७ वर्ष अगाडि

काठमाडाैं । चलचित्रकर्मी निर्मल शर्मा चलचित्र क्षेत्रका बिकृती , बिसंगती र छाडापनको बिरूध्द् बेला बेला आवाज उठार्इ रहन्छन् । केही दिनयता शर्मा यस बिषयमा अझ शसक्त रूपमा प्रस्तुत भएका छन ।

बिभिन्न नाममा खेलीएका युट्युब च्यानलमा अपलोड भएका अन्तरवार्ता भनिने छाडा भिडियोहरूका कारण शर्मा अहिले धेरै चिन्तित छन । मर्यादीत चलचित्र क्षेत्रको लागी भनेर खोलीएका बिभिन्न संघ संस्था केही थाहै नपाए झै गरी बसेकोमा शर्मा अक्रोशित छन् ।
चलचित्र क्षेत्रमा काम गर्नु भनेको रेडलार्इट एरियामा काम गर्नु जस्तै हो भन्ने आशयका त्यस्ता भिडियोहरू युट्युबमा ट्रेन्डीङमा आर्इरहदा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको शर्मालार्इ पटक्कै मन परेको छैन ।  आफ्नो फेशबुक स्टाटसमा उनले बुधबार लेखेका छन –
‘बजार भरी छाडा र अश्लील youtub च्यानल हरुका बिगबीगीले लाग्छ हामी रेड लाईट क्षेत्रमा काम गर्नै बर्ग हौ भन्ने महसुस हुन्छ, यस बिषयमा तपाईहरुले के गर्नु भयो ?
कलाकार संघ भनेको बिशुद्द कलाकार को हितमा हुनुपर्ने हैन, लफडा गर्ने कलाकार लाई चेतावनी दिने, नसीहत दिने, आचार संहिता बनाएर पालना गराउनु पर्ने हैन रु सुन्दर समाज निर्माण गर्नु पर्ने हैन रु तपाई हरु त उल्टै मलाई पो कारवाहि गर्नुपर्छ भन्नु हुन्छ रे रु के यो देशमा कानुन, समाज अनी सवै अवलोकन गरिरहेका जनता छैनन र रु मलाई आजीवन कुनै पद र राजनैतीक नियुक्ती चाहिदैन तर तपाईहरु आफ्नो दावित्व पुरा गर्नुस, मलाई सम्मान पनी परेन, कहिको निम्ता पनी परेन ।’