फागुनमा नेशनल पावर न्यूज म्यूजिक अवार्ड,आवेदन खुल्ला

arjun Entertainment/मनोरञ्जन , Latest Update , ७ वर्ष अगाडि

काठमाण्डौ – “नेपाली हुनुमा गर्व गरौं, नेपाली भाषा र संस्कृतिको जर्गेना गरौ” भन्ने मुल नारा लिएर मिडिया एण्ड ईनटरटेनमेन्ट प्रा।लि। ले नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८ गर्ने भएको छ । विभिन्न १३ विधालाई समावेश गरि गर्न लागिएको अवार्डमा नेपालमा वोलिने मुलधारका गीत संगीतका अलावा विभिन्न भाषा भाषीको गीतहरुको समेत सहभागिता रहनेछ ।
सन् २०१५, जनवरी १ देखी २०१७ डिसेम्वर ३१ सम्म रेकर्ड भएका वा वजारमा आएका नेवारी, देउडा, मैथलीर भोजपुरी, शेर्पा, तामाङ, लिम्वु, राई, थारु, गुरुङ, मारवाडी भाषालाई अवार्डमा सहभागी गराईने छ भने मुलधारका गीत संगीतहरुमा सन् २०१७, जनवरी १ देखी २०१७ डिसेम्वर ३१ सम्म रेकर्ड भएका वा वजारमा आएका चलचित्र, आधुनिकरपप र लोकदोहरी गीतलाई समावेश गरिने आयोजकले जनाएको छ ।

ईसेवा मार्फत आवेदकहरुले अवार्डका लागी आफ्ना गीतहरुको आवेदन दिन सक्नेछन् भने कार्यलयमै उपस्थित भएर पनि आवेदन दिन सकिने आयोजक समितिका व्यवस्थापक राजन थापाले वताएका छन् ।नेपाली गीत संगीतको क्षेत्रमा यो नौलो प्रयोग सहतिको कार्यक्रम भएकाले यस कार्यक्रममा सर्जक तथा स्रष्टाहरुको उल्लेखनिय सहभागिता रहनेकुरामा आफु विश्वस्त रहेको आयोजक समितिका संयोजक कमला जोशीले वताईन् ।चलचित्र, आधुनिक÷पप र लोकदोहोरी गीतका लागी उत्कृष्ट गीतकार, संगीतकार र गायकरगायिका रहनेछन्, अन्य विभिन्न भाषा भाषीका गीतहरुका हकमा भने उत्कृष्ट गीतको रुपमा भाषा पिच्छेका गीतलाई अवार्ड दिईनेछ । साथै भाषा भाषीको गीतका सर्जकहरुको प्रोत्साहनका लागी अवार्डमा मनोनयनमा परेका गीतकार, संगीतकार, गायका÷गायिकाहरुलाई प्रशंसा पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।

फाल्गुनको दोश्रो साता अवार्ड कार्यक्रमको समापन गरिने सक्ने आयोजकले वताएकोछ ।