राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते , प्रदेश प्रमुख र अस्थायी राजधानी सोमबार तोकिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२१ पुस । सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई सोही अनुसारको कार्यतालिका बनाउन निर्देशन दिनु भएको थियो । अयोगले पनि राष्ट्रिय सभा गृहकार्य तीब्र पारेको बताएको छ । राष्ट्रिय सभा निर्वाचनको बारेमा प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसंग पनि भेटवार्ता गर्नुभएको थियो ।
प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी भने सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले औपचारिक घोषणा गर्ने बताइएको छ ।
साथै आजको मन्त्रीपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने बारे पनि छलफल गरेको छ । समायावधि कति थप्ने भन्नेबारे भने आगामी सोमबार बस्ने मन्त्रिपिरषदको बैठकले निर्णय गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।