काठमाण्डौ,२१ पुस ।नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिनुभयो । शिवाकोटीका अनुसार अब यो प्रणाली शुरु भएसँगै उपभोक्ताले सहज सेवा पाउने छन् ।