काठमाण्डौ,२२ पुस । बर्तमान सरकारले अस्थायी राजधानी नतोक्ने स्वष्ट पारेको छ । मुलुकभर प्रदेशको अस्थायी राजधानीलाई लिएर आन्दोलन भईरहेका बेला वाणिज्यमन्त्री मीन विश्वकर्माले यो सरकारले कुनै पनि प्रदेशको अस्थायी राजधानी नतोक्ने बताउनुभएको हो । राजधानिमा आयोजित एक कार्यक्रममा उहाँले संविधानले नै प्रदेशसभाको बैठकले प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकारले प्रदेशको राजधानी नतोक्ने बताउनुभयो ।
यस्तै अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि सरकारले कुनै पनि प्रदेशको राजधानी नतोकेको स्पष्ट पार्नु भयो ।धनकुटा काठमाण्डौ सम्पर्क समितिले सनिबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री कार्कीले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार रहेको भन्दै अस्थायी राजधानी तोक्ने विषयलाई लिएर पत्रपत्रिकामा आईरहेका समाचारमा कुनै सत्यता नभएको पनि दाबी गर्नुभयो ।