चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

चितवन, २३ पुस ।चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।

भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । आज १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ । गौतमका अनुसार कम्तीमा दुई हजार ५०० मिटर दूरी (तेस्रोे) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो े र ३०० मिटर ठाडो मात्रै भिजिवलिटी रहेको गौतमले बताउनुभयो । शनिबारभन्दा आज अलि राम्रो भएकाले उडान हुने आशा रहेको गौतमको भनाइ छ ।
भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ ।