काठमाडौं,२५ पुस । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीलाई सर्वोच्च अदालतमा पु¥याइएको छ । सर्वाेच्चको आदेश बमोजिम डा केसीलाई प्रहरीले बिहान ९ बजेपछि अदालतमा उपस्थित गराएको हो । सर्वाेच्चले आदेश दिए लगत्र्त डा केसीलाई हिजो साँझ नै अनसन स्थलबाट प्रहरीले पक्रउ गरि प्रहरी बृत सिंहदरबारमा लगेर राखेको थियो ।
यसैबीच, डा केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले आज बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, चिकित्सक, बिद्यार्थी लगायत सयौ सहभागि भएका थिए ।
चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा। केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा हिजो रिट दायर भएको थियो ।