तराईका बाढीपीडितको राहतका लागि एक अर्ब विनियोजन, भोलि देखि बितरण सुरु गरिने

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ,२५ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत साउनमा तराईका जिल्लामा गएको बाढीका कारण क्षति व्यहोरेका पीडितलाई घर मर्मत र तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिद गरी बितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी दिएको छ । राहत बितरणका लागि अर्थमन्त्रालयबाट उक्त रकमको निकासा प्राप्त भएपछि सोको अख्तियारी गृह मन्त्रालयलाई दिइएको प्राधिकराणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिनु भयो ।
बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैया बितरण गर्ने उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी बताउनु भयो । साथै उहाँले उक्त रकम भोलि देखि नै बितरण गर्न सुरु गरिने बताउनु भयो ।