डा गोविन्द केसीको मुद्दामा सुनुवाइ हुदै, कस्तो आउला फैसला?

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौं, २६ पुस । अदालतको अवहेलना गरेको आरोपमा डा।गोविन्द केसीको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । बिहान ११ बजे केसीलाई अदालतमा उपस्थित गराइँदैछ ।डा केसीले हिजो अदालतमा १४ वटा प्रश्नको जवाफ दिनु भएको थिए । अदालतको अवहेलना गरेको भन्ने विषयमा सोधिएका प्रश्नमा डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई नै लक्षित गरी जवाफ दिनु भएको थियो ।न्यायाधीश पुरूषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजलासको पहिलो नम्बरमा पेसी तोकिएको छ ।

डा केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध दुईवटा नागरिकता भएको, एसएलसी फेल भएको, एनसेललाई अर्बौंको दायित्व छुट दिएको, मेडिकल माफियाका संरक्षक १२ मुद्दामा चलखेल गरेको, चुडामणि शर्मा बिगोभन्दा धेरै कम धरौटीमा रिहा भएकोलगायतका आरोप लगाएका थिए ।डा केसीसँगको सुनुवाइ सकिएमा सम्भवतः आजै फैसला आउने छ । अदालतको अवहेलना गरेको विषयमा कति सजाय सुनाउने भन्ने विषयमा न्यायाधीशहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।