भारतका चर्चित मोडेल नेपाल आउँदै, काठमाडौंमा हुन लागेको किड्डी फेस अफ दि इयरको जर्ज तथा जुरी बन्दै

arjun Entertainment/मनोरञ्जन , News/समाचार , Others/अन्य , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

काठमाडौं । वालबालिकाहरूमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किड्डी फेश अफ द एयरको तेश्रो संस्करणको ग्रान्ड फिनाले यही पौष २९ गते नाचघरमा सम्पन्न हुँदैछ । उक्त कार्यक्रममा भारतक चर्चित सेलेब्रिटी फेसन डिजाइनर पुष्पा शर्मा, मिसेस इन्डिया २०१७ कि बिजेता अन्जना श्रीवास्तव, मिसेस युनीभर्स २०१६ तथा मिसेस इन्डिया २०१६ कि बिजेता साक्षी शर्माले जुरि तथा जर्जको भूमिका गर्दैछन ।
कार्यक्रममा बालबालिकाहरूले आफूमा भएको प्रतिभा प्रस्तुत गरिनेछ भने कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, अभिनय, चित्रकला, बक्क्तिृत्व कला, वाद्य वादन लगायत अन्य प्रतिभा प्रदर्शित हुनेछन ।


रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनमा भइरहेको किडी फेश अफ द एयरको तेश्रो संस्करणको कोरियोग्राफी रेडियन्ट इभेन्टका फाउण्डर डाइरेक्टर राज फैजुले गरिरहेका छन् । उक्त कार्यक्रमका विजेताहरूलाई विभिन्न विज्ञापनहरूमा अवसर प्रदान गरिने जानकारी संस्थाकी कार्यकारी निर्देशक एवं फेशन डिजाइनर श्रीषा वैदार फैजुले बताउनु भएका छन् । कार्यक्रमको अन्तिम चरणका प्रतियोगिता आउदो शनिवार पौष २९ गते, राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा सम्पन्न हुदैछ । यस कार्यक्रमका फेशन डिजाइनिङ एनि तन्डुकारले गरेका छन् ।