काठमाडौं । वालबालिकाहरूमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किड्डी फेश अफ द ईयरको तेश्रो संस्करणका लागि भारतका चर्चित सेलेब्रिटी नेपाल आएका छन ।
उक्त कार्यक्रममा भारतक चर्चित सेलेब्रिटी फेसन डिजाइनर पुष्पा शर्मा, मिसेस इन्डिया इन्टरनेश्नल भिभसियस क्विन २०१७ कि बिजेता अन्जना श्रीवास्तव, मिसेस युनीभर्स नर्थ एसिया २०१६ तथा एलिट मिसेस इन्डिया २०१६ कि बिजेता साक्षी शर्मा भारतको दिल्ली बाट आएकाहुन । उनिहरु लाई स्वागत गर्नका लागि त्रिभुवन बिमानस्थलमा रेडिएन्ट ईभेन्ट का प्रमुख राज फाइजुले पुष्प गुच्छा एवम खादा लगाएर स्वागत गरेका थिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनमा हुने किडी फेश अफ द एयरको तेश्रो संस्करणको लागि आज तिनै जना जर्ज तथा जुरी को निर्णायक भूमिकामा रहनेछन ।
“भारत र नेपालका सांस्कृतिक कृयाकलाप लाई प्रबर्धन गर्ने उदेश्यले तीन जना भारतीय सेलेब्रिटी लाई बोलाईएको हो”, इभेन्ट मेनेजर राज फाइजुले बताए ।
हिजो बेलुका उन्निहरुको सम्मानका लागि “नेपालमा स्वागत” लेखिएको केक तथा पर्यटकिय स्थल ठमेलमा बेलुकाको रात्री भोजको आयोजना समेत गरेको थियो ।
उक्त कार्यक्रमका विजेताहरूलाई विभिन्न विज्ञापनहरूमा अवसर प्रदान गरिने जानकारी संस्थाकी कार्यकारी निर्देशक एवं फेशन डिजाइनर श्रीषा वैदार फैजुले बताउनु भएका छन् । कार्यक्रमको अन्तिम चरणका प्रतियोगिता आज शनिवार पौष २९ गते, राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा सम्पन्न हुदैछ ।
तस्विर – शिव सत्याल