काठमाडौं । बालबालिकाहरूमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालित किड्डी फेस अफ द एयर को तेश्रो संस्करणमा कनिस्क राज बज्राचार्य र श्रीया कुँवर ले उपाधी हात पारेका छन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा श्रीजन ओझा र आँचल ढकालले फस्ट रनरअपको उपाधी जितेका छन् । त्यसै गरी प्रतिक पराजुली र मेरिसा बरालले सेकेन्ड रनरअपको अर्वाड हासिल गर्न सफल भएका छन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका फाउण्डर डिरेक्टर राज फैजुले गरेका थिए । उपाधीसंगै छ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरू प्रदान गरेका थिए ।
प्रतियोगिताको प्रमुख अतिथीमा मिसेज यूनिभर्स इन्डिया नर्थ एसिया, इलाईट मिसेस इन्डिया २०१६ का विजेता साक्क्षी शर्मा रहेका थिए । उक्त कार्यक्रममा मिसेस इन्डिया इन्टरनेश्नल भिभासियस क्विन २०१७ का विजेतालाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा. लि.का तर्फबाट इन्डियाका लागि नेशनल डाईरेक्टर नियुक्ति गरिएको थियो ।
अन्य बिजयी प्रतियोगिहरु
श्रीया कुँवरले एटिक्ङ्गमा,
आयुस्मा के.सीले एञ्करिङ्ग
आईसा सुनुवारले वेष्ट ड्रेसमा,
अमृता भुजेलले डान्सिङ्गमा,
ईक्क्षा लिम्बुले व्यूटीपूmल हेयरमा,
प्रार्थना थापाले व्यूटीपूmला कम्पेल्कसनमा,
रिहाना थापाले बेस्ट इस्माइलमा,
प्रारम्भ अधिकारीले इनरजेटिकमा,
आर्या अमात्यले डिसिपेल्नमा,
सुजन बर्ताैलाले पर्सनालिटीमा,
सोफी भण्डारीले फ्रेन्डसिपमा,
मेरीसा बरालले बेस्ट वाकमा,
कनिस्क राज बज्राचार्यले फोटोजेनीकमा,
आँचल ढकालले ट्यालेन्टमा,
प्रञ्जल भण्डारीले पङ्गच्यूयालिटीमा,
आईसा सुनुवारले क्यूटमा,
अनुस्का श्रेष्ठले सिन्सीयरमा
अदिति अर्यालले पपुलरमा
सदिक्षा श्रेष्ठले चार्मिङ्ग
प्रतिक पराजुलीे वेष्ट नेपाली हाण्डराइटिङ्ग
एन्जल खड्काले वेष्ट अंग्रजी हाण्डराइटिङ्ग
आस्था श्रेष्ठले स्टाइलिस
प्रनिसा फयाक लिम्बुले मोस्ट कन्फिडेन्ट र
क्रिस अग्रवालले मोस्ट इन्टरटेनर
प्रज्ञा मिश्रले इनोसेन्ट
आर्यन अग्रवालले मोस्ट एक्टिभ
श्रीजन ओझाले स्मार्ट अर्वाड जितेका छन् ।
प्रतियोगिताको निर्णयकहरूमा अन्जना श्रीवास्तव (मिसेज इन्डिया इन्टरनेशनल भिभासियस क्विन २०१७) सरिता ज्ञवाली (मिडिया पर्सन) पुनम भट्ट (कर अधिकृत) र लजना श्रेष्ठ –ललितपुर चेम्बर अफ कर्मशका बोर्ड अफ डाइरेक्टर रहेका थिए ।