लामो समयको अनिश्चयलाई चिर्दै सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी केन्द्र, को को भए प्रमुख ?

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३ माघ । लामो समयको अनिश्चयलाई चिर्दै सरकारले आज सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। आज अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।

यस्तै सरकारले प्रदेश प्रमुखको पनि टुंगो लगाएको छ । जस अनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा , २ मा रत्नेश्वरलाल कायस्थ र ३ मा अनुराधा कोइरालालाई तोकिएको छ ।साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर , ५ मा उमाकान्त झा ,६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन् । सरकारले प्रमुख प्रमुख र अस्थायी मुकामको टुंगो लगाएले अब निर्वाचन आयोगलाई पनि मत परिणाम सार्वजनिक गर्न बाटो खुलेको छ । निर्वाचन भएको लामो समय हुदाँ पनि मतपरिणाम सार्वजनिक नहुँदा सरकार गठबन प्रक्रियामा समेत अबरोध पुगेको थियो भने राष्ट्रिय सभाको निर्वाचन गर्न पनि अप्ठयारो परिस्थिती सिर्जना हुने देखिएको थियो ।

सबै भन्दा जटिल मानिएको अस्थायी प्रदेशको मुकाम तोक्ने कामसरकारबाट हुनु त्यो महत्वपूर्ण भए पनि यसले आ आफनो क्षेत्र मुकाम हुनु पर्ने भन्दै आन्दोलन गर्दै आएका स्थानीयबासीलाई भने थप आन्दोलन गर्न बल पुगेको छ । अहिले तोकिएका सबै अस्थायी भएकाले यसलाई आम सर्बसाधारणले पनि बुझनेछ भन्नेमा सरकारले बिश्वास ब्यक्त गरेको छ ।