दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

दोलखा, ५ माघ । दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका छन् ।

भीमेश्वर नगरपालिका वडा नं ३ र ६ मा पर्ने दोलखा सदरमुकाम चरिकोटमा दुईवटा निजी अस्पताल रहेका छन् भने वडा नम्बर २ मा पर्ने दोलखा बजारमा एउटा निजी अस्पताल रहेको छ । त्यसैगरी, बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा गैरसरकारी संस्थाले सञ्चालन गरेको एकवटा निजी अस्पताल रहेको छ । सदरमुकाम चरिकोट र विभिन्न गाउँपालिकामा पोलिक्लिनिकसमेत सञ्चालनमा छन् ।

सदरमुकाम चरिकोटमा ५५ श्ययाको च्छो रोल्पा जनरल अस्पताल र १५ श्ययाको दोलखा सामुदायिक अस्पताल रहेको छ । दोलखा बजारमा ५५ श्यया बनाउने तयारीमा रहेको गौरीशंकर सामुदायिक अस्पताल रहेको छ । त्यसैगरी, मैनापोखरीमा २५ श्ययाको बनाउने तयारीमा रहेको हिमालय केयर हेण्डले सञ्चालन गरेको सामुदायिक अस्पताल रहेको छ ।