ओली र प्रचण्डबीच भेटवार्ता, भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले महत्वपूर्ण निर्णय गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

भक्तपुर, ६ माघ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । आज (शनिवार) बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढघण्टा भएको दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ ।
भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको एजेण्डा तयार गर्न दुई अध्यक्षबीच छलफल भएको बताउनुभयो । उहाँले समितिको भोलि बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।

भेटवार्तामा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टका बारेमा छलफल भएको बताइएको छ । साथै कार्यदलको बैठकमा दुई पार्टीको साझा अवधारणा बनाएर जाने र साझा दस्तावेज तयार पारेर जानेबारेमा छलफल भएको बताइएको छ । छलफलमा पार्टी एकतालाई अन्तिम रुप दिनेबारेमा समेत छलफल भएको बताइएको छ ।