काठमाडौं – ‘लिटिल स्टार अफ दि इयर १०१८’को उपाधि वेविसा भण्डारी र बिपासना थापाले चुम्न सफल भए । काष्ठमण्डब स्कुलकी वेविसाले (ग्रुप–ए) र एनआइसी एमेडेमीमा अध्यायनरत बिपासना (ग्रुप–बि) तर्फको बिजेता बन्न सफल भएका हुन् । दुबै बिजेताले १० हजार नगद, ब्लुक्रस अस्पतालको तर्फबाट १ बर्ष निशुल्क स्वास्थ चेकअपका साथै बिभिन्न गिफ्ट ह्याम्पर समेत जितेका छन् ।
७० बालबालिकाले अन्तिम स्पर्धा गरेको प्रतियोगीतामा आयोजकले ५ देखि ९ बर्षसम्मका बालबालिकालाई ग्रुफ (ए) र १० बर्ष देखि १२ बर्षसम्मको बालबालिकालाई ग्रुप (बि) गरेर बिभाजन गरेको थियो ।
आइतबार अबेरसाँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा ग्रुप (ए) तर्फ बिस्वाश शर्मा फष्टरनर अफ, असियाना श्रेष्ठ सेकेण्ड रनरअफ, आलिया पन्त थर्ड रनरअफ र दिया भट्ट फोर्थ रनरअफ चुनिदा ग्रुप (बि) तर्फ क्रमश सानमी वस्ती, दिब्यम्यास खड्का, दृष्टा सिंह, समिरा श्रेष्ठ, रिजिस्मा बोगटी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफ घोषित भए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले प्रतियोगीता गतबर्षबाट थालिएको आयोजना गरिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।
मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, जीवन गिरी लगायतको बिभिन्न प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए ।अभिनेता धिरन शाक्य, जोत्सना योगी, नरेन खड्का, हिमानी सुब्बा खड्का, अक्षयजंग रायमाझी, असिम शाह, एसआर गहतराज, गीता पुरी लगायत अन्तिम स्पर्धामा निर्णायक रहेका थिए । कार्यक्रमको कोडिनेटर जीवन गिरी हुन् ।