सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी, इन्टरपोलमा सूचना राखेकोमा एमालेको आपत्ति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाडौं, ८ माघ । नेकपा एमालेका सांसद तथा पूर्व डीआइजी नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि र प्रहरीको पक्राउ प्रयास असफल भएपछि प्रहरीले डिफ्युजन नोटिश जारी गरेको हो । डिफ्युजन नोटिस जारी भएपछि अब प्रहरीले सिलवाललाई जुनसुकै मुलुकका प्रहरीले पनि पक्राउ गर्न सक्छन ।

यसैबीच,सांसद सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेको छ ।

चुनावबाट विजयी भइसकेका सांसदलाई अपराधीको जसरी व्यवहार गरेर इन्टरपोलमा सूचना हाल्नु आपत्तिजनक भएको एमालेको ठहर छ । बढुवाको लागि कार्य सम्पादन मुल्यांकन फाइल किर्ते गरेको सिलवाल फरार भएपछि नेपाल प्रहरीले १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत आजदेखि सिलवालको खोजी सुरु गरेको प्रति एमालेले आपत्ती प्रकट गरेको हो ।