कालिकोटमा फैलिएको भाइरल ज्वरो अझै नियन्त्रण हुन सकेन,प्रभावित क्षेत्रमा आज थप औषधी पठाइदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

कालिकोट,९ माघ । कालिकोटमा दुई सातादेखि फैलिएको भाइरल ज्वरो अझै नियन्त्रण हुनसकेको छैन । ज्वरो नियन्त्रणमा नआएपछि सुर्खेतबाट जिल्ला स्वास्थ्य कार्यलयले प्रभावित क्षेत्रमा आज थप औषधी पठाउँदै छ । जिल्लाभरमा ७० प्रतिशत बढी बालबालिका, २० प्रतिशत बृद्धबृद्धा र १० प्रतिशत वयष्क भाइरल ज्वरोका कारण बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । महामारी फैलिएको गाउँमा सरसफाई कमी, गरिबी र ठाउँ पनि सुख्खा रहेकाले बढी समस्या भएको स्वास्थ्यकर्मीको बताएका छन ।