न्यायाधीश नियुक्तिसम्बन्धी विवादको निर्णय फागुन ३ गते हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ११ माघ । सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको निर्णय आगामी फागुन ३ गते सुनाउने भएको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा आज सुनुवाइ सकिएपछि सो को निर्णय आगामी फागुन ३ गते सुनाउने भएको हो ।

गत वर्ष पुस २९ गते उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपु¥याइ दलगत स्वार्थका आधारमा गरिएको भन्दै सरकारी वकिल कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डीलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गरेका थिए ।

न्यायपरिषद्का दुई सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिश भएको थियो । तत्कालीन परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायक र परिषद्का सदस्य पदमप्रसाद वैदिकमात्र बैठकमा उपस्थित भएको हस्ताक्षर थियो ।