अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी नागरिक पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं,१५ माघ । काठमाण्डौका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका २० जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ । अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।

राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्रीले बताउनु भयो । अनुसन्धान जारी रहेको र छानबिनपछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने सिआइबीका डिआइजी पुष्कर कार्कीले बताउनु भयो ।
पक्राउ परेका उनीहरु मध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन् । विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलका नियम अनुसार अनुमति लिनुपर्छ।