किन दियो सुष्मा स्वराजलाई एमालेले रात्रीभोज ?

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , बिचार , ७ वर्ष अगाडि

काठमाँडौ ।भारत बिरोधी भनेर चिनिएका एमाले अध्यक्ष केपी ओलीले बिहिबार काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा रात्रीभोजको आयोजना गरेको छन ।

होटल सोल्टीमा रात्रीभोज दिन लागिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार सोही रात्रीभोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच भेटवार्ता हुनेछ।
एमालेको यो निर्णयले एमाले भारत प्रती नरम हुदै गएको शन्देश जाने जानकारहरु बताउछन ।

विदेशमन्त्री स्वराज बिहिबार दिउँसो काठमाडौं आएकी हुन। भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीसँग दुई दिने भ्रमणका लागि नेपाल आउन लागि स्वराजको विस्तृत भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले आपसी हितका विविध विषयमा प्रमुख राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।