काठमाडौँ, १८ माघ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको आज साँझ बैठकले पेट्रोलमा १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँको दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको समान ८३ रूपैयाँ पर्नेछ ।मूल्यबृद्धिसँगै आयल निगमलाई पेट्रोलमा २.०१ रुपैयाँ र डिजेलमा ३.३७ घाटा कायमै छ ।