इलाम, २० माघ ।नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको थियो ।
कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएशन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका कार्यान्वयनमा ल्याएको हो । तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु धेरै चुनौती रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चियाविज्ञ चन्द्रभूषण सुब्बाले बताउनु भयाे ।विसं १९२० मा इलामबाट शुरु भएको चियाखेती अहिले देशका ४४ जिल्लामा फैलिसकेको छ ।

